A simple version of the old site has been archived.
Please help restart the first citizen journalism website of Nepal. Email np-AT-cjreport.com for more information.
विद्युत प्राधिकरणले अब सातामा ९ घण्टामात्र विद्युत कटौती गर्ने भएको छ ।
हाल सातामा साढे २१ घण्टा हुंदै आएको लोडसेडिङ समयमा प्राधिकरणले मंगलवारदेखी साढे १२ घण्टा कटौती गर्न लागेको हो ।
नयाँ तालिकाअनुसार अब सातामा तीन दिनमात्र विद्युत कटौती हुनेछ । भोली देखि सातामा दुई दिन बेलुका साढे २ घण्टा र एक दिन दिउसो ४ घण्टा गरी जम्मा तीन दिनमात्र विद्युत कटौती हुनेछ । अहिले सातामा ५ दिन विद्युत कटौती हुनेगरेको छ ।
बिहानको लोडसेडिङ सबै हटाइएको छ ।
नदिहरुमा जलस्तर बढेकाले लोडसेडिङ कम गरिएको प्राधिकरणद्धारा आज जारी सुचनामा उल्लेख छ ।
हाल बन्द रहेको ६० मेगावाटको खिम्ति पावरहाउस संचालनमा आएपछि लोडसेडेङ अझ कम हुने प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख शेरिसंह भाटले बताउनुभयो ।
जनमोर्चा नेपालले यही जेठ १५ गते गणतन्त्र घोषणा दिवसलाई भव्यताका साथ मनाउन आपुनै सबै भातृ र जनवर्गिय संगठनलाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा सोमवार बसेको पार्टी तथा सबै जनवर्गिय संगठनहरुको संयुक्त बैठकले १५ गते बिहान राजधानीको तिनकुनेबाट बिजय जुलुश निकाल्ने निर्णय गरेको छ ।
महासचिव धनश्याम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी गणतन्त्र घोषणा दिवसलाई भव्यताका साथ मनाउन जिल्ला कमिटिहरुलाई समेत पार्टीले निर्देशन दिइसकेको जनाउनुभएको छ ।
यसैबीच नेकपा एकिकृतले १३ दलिय गठवन्धन निर्माण गर्ने षडयन्त्र भइरहेको भन्दै संबिधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलको सहमतिमा सर्बदलिय संयन्त्र निर्माण गर्न माग गरेको छ ।
दन्द्धकालमा राज्यपक्षबाट हिरासतमा मारिएका पत्रकार कृष्ण सेन इच्छुकको छैठौं स्मृति दिवस सोमवार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसै अवसरमा काठमाण्डौंमा प्रभातफेरी सहित श्रद्धााजली कार्यक्रम गरियो । विहान रत्नपार्क शान्ति वाटिकाबाट शुरु प्रभातफेरी पदर्शनी मार्गमा पुगेर श्रद्धााजलीसभामा परिणत भएकॊ थियो ।
क्रान्तिकारी पत्रकार संघले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले कृष्णसेन ईच्छुकलाई शहीद घोषणा गर्नु पर्ने र हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरे ।
२०५९ साल जेठ ६ गते काठमाण्डको बत्तीसपुतलीबाट पक्राउ परेका ईच्छुकको आजकै दिन प्रहरी हिरासतमै हत्या भएको थियो ।
निर्वाचनमार्फत संविधानसभा गठनपछि स्वतः पदावधि सकिएका ब्यवस्थापिका संसदका सदस्यहरुले सोमवारदेखि औपचारिकरुपमा विदा लिएका छन् ।
संसद सचिवालयले िसंहदरबारमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।
तत्कालिन आठदलको सहमतिका आधारमा २०६३ साल माघ १ गते माओवादीका ८३ सांसदसहित गठन भएको ३ सय ३० सदस्यीय ब्यवस्थापिका संसद÷ बुधवार जेठ १५ गते संविधानसभाको पहिलो बैठकको आरम्भसँगै औपचारिकरुपमा विघटन हुनेछ ।
संबिधानसभा सदस्यहरुको मंगलवार सपथ ग्रहण कार्यक्रम रहेकाले सचिवालयले सदस्यहरुलाई सोमवार बिदाइ गरेको हो ।
एक दशक लामो ससस्त्र संघर्षपछि बृहत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा आएको माओवादी ब्यवस्थापिका संसद हुँदै अन्तरिम सरकारमा सहभागि भएको थियो।
नेपाल भ्रमणमा रहेका अमेरिकाका उपसहायक विदेशमन्त्री इभान ए फेइगनबउम माओबादी अध्यक्ष प्रचण्डबीच सोमवार सांझ भेटवार्ता भएको छ ।
अध्यक्षँ प्रचण्डको नयाँबजार स्थित निवासमा करीब डेढ घण्टा सम्म भएको भेटमा अमेरिकी राजदुत न्यान्सी जे पावेलपनि सहभागी हुनुहुन्थ्यो ।
भेटपछि संचारकर्मीसंग कुरा गर्दै प्रचण्डले निकै सकारात्मक कुराकानी भएको बताउनुभयो । आफुले माओबादीलाई आतंककारीको सुचीबाट हटाउन आग्रह गरेको र त्यसमा फेइगनबमले सकारात्मक जवाफ दिएको प्रचण्डले उल्लेख गर्नुभयो ।
भेटमा फेइगनवमले गणतन्त्र कार्यान्वयन नयाँ सरकार गठन माओबादीको आर्थीक नीति लगायतका बिषयमा जिज्ञासा राख्नुभएको बुझिएको छ । उहाँले नयाँ सरकार गठनपछि पनि अमेरिकी सहयोग जारी रहने बिश्वास दिलाउनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह प्रथमबर्ष र शिक्षा शास्त्र संकायतर्फ प्रविणता प्रमाणपत्र तह द्वितिय बर्षको यही जेठ १५ र १६ गते हुने परिक्षा स्थगित गरेको छ ।
संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कायान्वयनपछि उत्पन्न हुने परिस्थितिको कारण देखाउँदै परिक्षार्थिले परिक्षा सार्न माग गरे अनुसार परिक्षा स्थगित गरिएको हो ।
स्थगित परिक्षा आगामी साउनमा संचालन गरिने परिक्षा नियन्त्रण कार्यालय बल्खले जनाएको छ । जस अनुसार स्नातकोत्तर तह प्रथम बर्षको १५ र १६ गतेको परिक्षा साउन ७ र ८ गते संचालन गरिनेछ भने शिक्षा शास्त्र संकायतर्फ प्रविणता प्रमाणपत्र तह द्वितिय बर्षको १५ र १६ गतेको परिक्षा साउन ११ र १२ गते संचालन गरिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
संबिधानसभाको पहिलो बैठकको अन्तरिम कार्यबिधि तथा सभास्थलको सुरक्षाब्यवस्था लगायतबारे संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलबीच आज काठमाडौमा छलफल भएको छ ।
िसंहदरवारस्थित संसद सचिवालयमा भएको छलफलमा सभामुख सुभास नेम्वाङले अन्तरिम कार्यबिधि पेश गर्दै त्यससम्बन्धमा कुनै राय सुझाव भए पसर्ी १२ गते ५ बजेभित्र पेश गर्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यबिधिमा जेष्ठ सदस्यले पहिलो बैठकको अध्यक्षता गर्ने र त्यहि बैठकले अध्यक्ष र उपाध्यक्षको चयन गर्ने उल्लेख छ । त्यसपछि नवनिर्वाचित अध्यक्षको अनुमति लिएर बैठकमा गणतन्त्र लगायतका प्रस्ताव पेश गरिनेछ ।
बैठकमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सभास्थल सुरक्षाबारे सुझाव माग्नुभएपछि दलका प्रतिनिधिले त्यसबारे आफ्ना धारणा राखेपनि सहमति हुन सकेन ।
भारतले सिमेन्ट तथा छड निर्यातमा लगाएको प्रतिवन्ध खोलेपछि बांँकेमा निर्माणाधिन सिक्टा सिचाई आयोजनाको काम शुरु हुने भएको छ ।
मुलुककै सर्वाधिक आन्तरिक लगानीमा निर्माण भइरहेको सिक्टाको निर्माणकार्य भारतले सिमेन्ट छड निर्यातमा रोक लगाएपछि ३ सातायता ठप्प थियो ।
२२ दिन काम रोिकंदा आयोजनाले दैनिक २० लाख रुपैया घाटा सहनुपरेको छ । आयोजना प्रमुख कृष्णप्रसाद तिमिल्सेनाले भारतवाट सिमेन्ट र छड आउनासाथ निर्माण कार्य सुरु हुने जानकारी दिनुभयो ।
आयोजना बन्द भएको अवधिको क्षति कसले ब्यहोर्ने भन्ने विषयमा आयोजना र चिनिया ठेकेदार कम्पनी सिनो हाइड्रोबिच छलफल भइरहेको छ ।
संबिधानसभामा ठूलो दलका रुपमा स्थापित भइ भावी सरकारमा नेतृत्वको तयारी गरिरहेको माओवादीले प्यूठानमा चलाएको श्रमशिविर र अवैधानिक हिरासत अझै भंग गरेको छैन ।
माओवादीले सजाय सुनाएका ८ सर्वसाधारण अझै पनि माओवादीकै हिरासतमा छन् । त्यसरी हिरासतमा रहेकामा बुहारी हत्याको अभियोग लागेका पकला अर्झामका टोपबहादुर जि.सी. उनकी श्रीमति डिलादेवी हत्याकै आरोप लागेका पकला ८ का देववहादुर राना रिमबहादुर राना बोमबहादुर घर्ती खिमबहादुर राना अबैध यौन सम्वन्धको अभियोग लगाइएका हंसपुरका तारा सारु र श्रीमति मारेको अभियोग लागेका िभंगृका विरवहादुर थापा छन् ।
माओवादी प्यूठानका सेक्रेटरी प्रकाशले बन्दीहरु राख्न आफूहरुलाई पनि समस्या परेको बताउदै छिट्टै केन्द्रबाट आउने निर्णय अनुसार उनीहरुलाई छाडिने बताए ।